शनिबार, असोज ३ गते २०८३    

शनिबार, असोज ३ गते २०८३    

आईपीएल

पञ्जाबलाई पराजित गर्दै बैंग्लुरले जित्यो आईपीएलको उपाधि

पञ्जाबलाई पराजित गर्दै बैंग्लुरले जित्यो आईपीएलको उपाधि

बैंग्लुरले आईपीएल उपाधि जितेको यो पहिलो पटक हो ।

बुधबार, जेठ २२ २०८२
बुधबार, जेठ २२ २०८२
  • इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उपाधि पहिलो पटक रोयल च्यालेन्जर्स बेंगलुरुले जितेको छ ।

    मंगलबार साँझ नरेन्द्र मोदी रंगशालामा भएको फाइनलमा पन्जाव किंग्सलाई ६ रनले पराजित गरेको हो । बैंग्लुरले आईपीएल उपाधि जितेको यो पहिलो पटक हो ।

    बेंगलुरुले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन सक्यो।

    पञ्जाबका जस इङ्लिसले ३९ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । ओपनर प्रियांश आर्याले २४, प्रविसिमरन सिंहले २६ र नेहाल वाडेरा १५ रनको योगदान दिए ।

    आरसीबीका लागि विराट कोहलीले सर्वाधिक ४२ रन बनाए । उनले ३५ बलमा ३ चौका प्रहार गरे । ओपनर फिल साल्टले १६, मायक अग्रवालले २४, कप्तान रजत पाटिदारले २६, लिअम लिभिङस्टनले २५, जितेश शर्माले २४ र रोमारियो शेफर्डले १७ रनको योगदान दिए ।

    पन्जावका बलरमध्ये केली जेमिसन र अर्सदीप सिंह सर्वाधिक सफल रहे । जेमिसनले ४ ओभरमा ४८ रन खर्चेर तीन विकेट हात पारे । यस्तै सिंहले पनि ४ ओभरमा ४० रन दिएर तीनै विकेट हात पारे र यी तीनै विकेट अन्तिम एकै ओभरमा प्राप्त भएको थियो ।

     

    •  

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार