शनिबार, कात्तिक ८ गते २०८३    

शनिबार, कात्तिक ८ गते २०८३    

अमेरिका-इरान युद्ध

अमेरिकाले आक्रमण गरे परमाणु बम प्रयोग गर्ने इरानको चेतावनी

अमेरिकाले आक्रमण गरे परमाणु बम प्रयोग गर्ने इरानको चेतावनी

शुक्रबार, कात्तिक ७ २०८३
शुक्रबार, कात्तिक ७ २०८३
  • इरानी संसदको आन्तरिक मामिला समितिका प्रमुख मोहम्मद-सालेह जोकारले संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरेमा, आणविक हतियारसहितका प्रतिरोधक हतियारहरू प्रयोग गर्न अनुमति दिन अधिकारीहरूसँग आग्रह गरेका छन्।

    प्रमुख जोकारले बिहिबार यस्तो बताएका इरानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

    "म इस्लामिक गणतन्त्रका अधिकारीहरूलाई आग्रह गर्दछु कि, देशको रक्षाका लागि र प्रतिरोधको उद्देश्यले, यदि अमेरिकाले इरानमाथि आक्रमण गरेमा आणविक हतियारसहितका प्रतिरोधक हतियारहरू प्रयोग गर्ने अनुमति दिइयोस्," उनले भने ।

    जोकारले अमेरिकाको आक्रमणको अवस्थामा इरानले 'परमाणु अप्रसार सन्धि' सँगको आफ्नो सहकार्य स्थगन गर्नुपर्ने माग पनि गरेको जनाइएको छ ।

    यदि कुनै देशले आफ्नो भूमि वा हवाई क्षेत्रलाई इरानमाथि अमेरिकी आक्रमणका लागि प्रयोग गर्न दिन्छ भने, त्यस्ता देशहरूले "कडा प्रतिक्रिया" को सामना गर्नुपर्ने र "ठूलो मूल्य चुकाउनुपर्ने" उनले चेतावनी समेत दिएका छन् ।

    अमेरिकाले मध्यावधि चुनावपछी इरानमाथी पुनः आक्रमण गर्ने तयारी गरिरहेको भन्ने दाबीका बीच इरानी अधिकारीबाट यस्तो चेतावनी आएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार