सोमबार, मंसिर १ गते २०८३    

सोमबार, मंसिर १ गते २०८३    

चीन

चीनमा पहिलो पटक पाइलटसहित विद्युतीय विमानको सफल परीक्षण

चीनमा पहिलो पटक पाइलटसहित विद्युतीय विमानको सफल परीक्षण

आइतबार, कात्तिक ३० २०८३
आइतबार, कात्तिक ३० २०८३
  • चीनले पहिलो पटक चालक दलका सदस्य सहित विद्युतीय विमानको सफल परीक्षण गरेको छ ।

    चीनले आफ्नै प्रविधिमा विकास गरेको १९ यात्रु क्षमताको विद्युतीय व्यावसायिक विमानले पहिलो पटक चालकसहितको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको हो।

    चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ‘सीई–२५ ए’ नामक उक्त विमानले शनिबार (नोभेम्बर १४) पूर्वी चीनको शानडोङ प्रान्तस्थित बिनझोउमा पहिलो चालकसहितको उडान भरेको हो।

    उडानका क्रममा विमानमा दुई पाइलट र एक उडान परीक्षण इन्जिनियर सवार थिए। परीक्षणका क्रममा विमान सामान्य रूपमा सञ्चालन भएको र सबै सूचक अपेक्षाअनुसार रहेको सिन्ह्वाले जनाएको छ। चीनको ‘कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना’ (कोम्याक) ले निर्माण गरेको यो पहिलो विद्युतीय व्यावसायिक विमान हो।

    यसमा १९ जना यात्रु बोक्न सक्ने क्षमता छ भने प्रतिघण्टा ३०० किलोमिटरको गतिमा उड्न र एकपटकमा ४०० किलोमिटरसम्म दूरी पार गर्न सक्छ। १० टन अधिकतम उडान भार भएको यस विमानले यसअघि गत फेब्रुअरी २ मा चालकविहीन पहिलो परीक्षण उडान गरेको थियो।

    हालसम्म यसले चालकविहीन रूपमा १९ पटक परीक्षण उडान पूरा गरिसकेको छ। यो विमान चिनियाँ विमान निर्माता कोम्याक, ब्याट्री उत्पादक कम्पनी ‘कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी’ (सीएटीएल), सांघाई चियाओतोङ विश्वविद्यालयलगायतको सहकार्यमा निर्माण गरिएको हो।

    चीनको नागरिक उड्डयन प्रशासनले विमानको प्रकार प्रमाणपत्र (टाइप सर्टिफिकेट) का लागि परेको आवेदनसमेत स्वीकार गरिसकेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार