बिहीबार , कात्तिक २० गते २०८३    

बिहीबार , कात्तिक २० गते २०८३    

कूटनीति

भारतीय विदेश सचीवलाई प्रधानमन्त्रीले सोधे : खेलकुद क्षेत्रमा सहकार्य कसरी गर्न सकिन्छ ?

भारतीय विदेश सचीवलाई प्रधानमन्त्रीले सोधे : खेलकुद क्षेत्रमा सहकार्य कसरी गर्न सकिन्छ ?

बिहीबार , कात्तिक २० २०८३
बिहीबार , कात्तिक २० २०८३
  • प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर आज प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

    भेटका क्रममा प्रधानमन्त्रीले नेपालमा हालै गएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री दिनुका साथै उद्धार टोली खटाएर पुर्याएको सहयोगप्रति आभार व्यक्त गरेको उनको सचिवालयले जनाएको छ त्यस्तै प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले विपद्को सामना गरिरहेका बेला फोनमार्फत सहयोगको ऐक्यवद्धता जनाएकोमा समेत आभार व्यक्त गरे ।

    प्रधानमन्त्रीले नेपालको खेलकुदको विकासका लागि भारतसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि चासो राखेका जनाइएको छ ।

    शिष्टाचार भेटमा भारतीय विदेशसचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई लिएर तयारी तीव्र पारेको भारतीय प्रधानमन्त्री मोदीको सन्देशसहित जानकारी गराएका थिए ।

    उनले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल हुने गरी आफूहरुले तयारी गरिरहेको बताए ।

    साथै, भारतीय विदेश सचिव मिस्रीले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयनसम्बन्धी नेपाल र भारतका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको बताए ।

    भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पुगेको र आजै यो मार्गमा रेल परीक्षण सञ्चालन समेत भएको उनले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार