मंगलबार, कात्तिक ११ गते २०८३    

मंगलबार, कात्तिक ११ गते २०८३    

एनपीएल

लुम्बिनीको घातक बलिङ, सुदूरपश्चिम ८७ रनमै अलआउट 

लुम्बिनीको घातक बलिङ, सुदूरपश्चिम ८७ रनमै अलआउट 

सोमबार, कात्तिक १० २०८३
सोमबार, कात्तिक १० २०८३
  • सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को सिजन– ३ को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ । 
    लुम्बिनीको घातक बलिङमा सुदूरपश्चिम ८७ रनमा अलआउट भएको छ । 

    त्रिवि क्रिक्रेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूपश्चिम १७.२ ओभरमा अलआउट हुँदै ८७ रन मात्रै जोड्न सक्यो । 

    सुरुवातीदेखि नै विकेट झर्न थालेको सुदूरपश्चिमको लगातार विकेट झर्न पुगेको पछि कमजोर सुरुवात गर्यो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २७ रन जोडे । 

    त्यस्तै शैफ अली जैबले १३ रन र अनिल खरेलले १२ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । 

    सुदूरपश्चिमको ब्याटिङ ध्वस्त पार्न लुम्बिनीका किशोर महत्तोले सर्वाधिक ४ तथा शेर मल्लले ३ विकेट चट्काए भने श्याडली भान शाल्क्विक र तिलकराज भण्डारी र कप्तान रोहित कुमार पौडेलले समान एक–एक विकेट लिए । 

    केही बेरपछि लुम्बिनी लायन्सले जवाफी ब्याटिङ सुरु गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार