आइतबार, कात्तिक २ गते २०८३    

आइतबार, कात्तिक २ गते २०८३    

आईसीसी विश्वकप लिग-२

क्यानडासँग नेपाल २४ रनले पराजित

क्यानडासँग नेपाल २४ रनले पराजित

शनिबार, कात्तिक १ २०८३
शनिबार, कात्तिक १ २०८३
  • आईसीसी विश्वकप लिग- २ अन्तर्गत आजको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ ।

    ओमानमा जारी लिग-२ को खेलमा टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले २५७ रनको लक्ष्य दिएको थियो ।

    जवाफी ब्याटिङ थालेको नेपालले ४६ ओभरमा अल आउट हुँदै २३२ रन मात्र बनाउन सक्यो । नेपालका लागि ओपनर ब्याटर अर्जुन कुमालले ८७ रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन ।

    ११२ बलको सामना गरेका अर्जुनले ४ चौकाको मदतमा ८७ रन बनाएर आउट भए । दिपेन्द्र सिंह ऎरीले २७ रन जोड्दा इशान पाण्डे र गुल्सन झाले समान २१/२१ रन जोडे भने रोहित कुमार पौडेलले २० रन जोडे ।

    बलिङतर्फ क्यानडाका लागि सुखजिन्दर सिंहले सर्वाधिक ३ विकेट चट्काए भने कलिम साना र शिल पट्टेलले समान २/२ र जाहिद शिरजादले एक विकेट लिए ।

    यो हारसँगै नेपाल अंक तालिकाको सातौं स्थानमा झरेको छ भने क्यानडा छैटौं स्थानमा उक्लिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार