नेपाली कांग्रेसको महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन् ।
काठमाडौंमा जारी १५ औं महाधिवेशन अन्तर्गत महिला तर्फको उपसभापति पदमा निर्धारित समयमा भुसालको मात्रै मनोनयन दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएकी हुन ।
यस अघि कांग्रेसले गरेको विशेष महाधिवेशनमा पनि पुष्पा भुसाल उपसभापतिमा निर्वाचित भएकी थिइन ।
