मनाङको नार्फगुङ गाउँपालिका ५ स्थित हिमलुङ हिमालमा जाँदा दर्जन आरोहीहरू बेपत्ता भएको आशंका गरिएको छ ।
हिमाल आरोहणका लागि गएका २२ जनामध्ये करिब एक दर्जन आरोहीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ ।
आरोहण टोलीमा नौ जना पर्वतारोही र १३ जना सहयोगी स्टाफ रहेका थिए । हिम पहिरोपछि उनीहरूको अवस्थाबारे यकिन विवरण प्राप्त भइसकेको छैन ।
प्रहरीका अनुसार घटनास्थलमा खोज तथा उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर मनाङतर्फ पठाइएको छ ।
उद्धार टोली घटनास्थलतर्फ जाने तयारीमा रहेको र घटनामा के कति मानवीय क्षति भयो भन्ने यथार्थ जानकारी भने प्राप्त भइ नसकेको नेपाल प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
