आइतबार, असोज १८ गते २०८३    

आइतबार, असोज १८ गते २०८३    

कालीगण्डकीको बाढीमा फसेका २५ घर बगे, भौतिक रुपमा ठूलो क्षती

कालीगण्डकीको बाढीमा फसेका २५ घर बगे, भौतिक रुपमा ठूलो क्षती

आइतबार, असोज ११ २०८३
आइतबार, असोज ११ २०८३
  • जिल्ला पर्वत जलजला गाउँपालिका-८ स्थित फर्सेमा ११ गते बिहान करिब ०८:०० बजे कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ घर बगेका छन् ।

    प्रहरीका अनुसार उक्त बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर बगेको तथा अन्य घरहरू जोखिममा रहेका छन् ।

    मानवीय क्षति भने नभएको र बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

    पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न सकेको छैन । उक्त स्थान प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्दछ ।

    घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार