मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परि मृत्यु हुनेको संख्या ४ जना पुगेको छ ।
आइतबार बिहान हिम पहिरो जाँदा बेपत्ता भएका १४ जना मध्ये २ जनाको शव आइतबार नै फेला परेको थियो भने थप २ जनाको शव सोमबार फेला परेको नेपाल पर्वतीय गाइड संघले जनाएको छ ।
सोमबार मृत फेला पर्नेमा विरेन्द्र गुरुङ र घनश्याम राई रहेका छन् ।
आइतबार शव भेटिका छेवी भोटे र पासाङ भोटेको शव पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल ल्याईएको छ ।
हिमपहिरोमा बेपत्ता भएका अन्यको भने खोजी कार्य जारी रहेको जनाइएको छ ।
