आइतबार, असोज १८ गते २०८३    

आइतबार, असोज १८ गते २०८३    

भारतीय पाइलट मच्छरको प्रशंसा, कोपाइलटको आक्रमण पछि पनि जोगाएका थिए १७४ जनाको ज्यान

भारतीय पाइलट मच्छरको प्रशंसा, कोपाइलटको आक्रमण पछि पनि जोगाएका थिए १७४ जनाको ज्यान

बिहीबार , असोज १५ २०८३
बिहीबार , असोज १५ २०८३
  • इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उडानका क्रममा सह–पाइलटको आक्रमणमा परेका भारतीय पाइलट स्मित मच्छरको प्रशंसा गरेका छन् ।

    उनले पाइलटले प्रतिकार गर्दै यात्रु र चालकदललाई सह–पाइलटलाई नियन्त्रणमा लिन सहयोग गरेको बताएका छन् ।

    दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानका सह–पाइलटले मुख्य पाइलटमाथि आक्रमण गरेपछि विमान तीव्र गतिमा तल झरेको थियो । त्यसपछि विमानको मार्ग परिवर्तन गरी साउदी अरेबियाको तबुकमा आकस्मिक अवतरण गरिएको थियो । विमानमा १७४ जना सवार रहेको र सबै सुरक्षित रहेको फ्लाई दुबईले जनाएको छ ।

    नेतान्याहुले सह–पाइलटले विमान दुर्घटनामा पार्न खोजेको आरोप लगाउँदै यात्रु र चालकदलले ठूलो दुर्घटना रोक्न भूमिका खेलेको बताएका छन् । उनले घाइते पाइलट मच्छरले असाधारण बहादुरी देखाएको भन्दै प्रशंसा गरेका छन् ।

    भारतीय दूतावासका अनुसार घाइते पाइलटको साउदी अरेबियाको अस्पतालमा उपचार भइरहेको छ । घटनापछि फ्लाई दुबईले अनुसन्धान पूरा नहुँदासम्म इजरायलका लागि आफ्ना उडान स्थगित गरेको जनाएको छ । घटनाको कारण र सह–पाइलटको उद्देश्यबारे अनुसन्धान भइरहेको छ ।

    घटनाका क्रममा विमान करिब १४ हजार फिट तीव्र गतिमा तल झरेको र यात्रु तथा चालकदलका सदस्यले ककपिटमा प्रवेश गरी सह–पाइलटलाई नियन्त्रणमा लिन सहयोग गरेको बताइएको छ । विमानमा रहेका यात्रुहरूले ककपिटनजिकै झगडा सुरु भएपछि आफूहरूले हस्तक्षेप गरेको बताएका छन् ।

    इजरायलको विदेश मन्त्रालयले घटनालाई इजरायल र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्ध बिगार्ने उद्देश्यले गरिएको ‘आतङ्कवादी आक्रमणको प्रयास’ भनेको छ । रक्षामन्त्री इजरायल काट्जले पनि यसलाई ‘जिहादी आतङ्कवादी आक्रमणको प्रयास’ भनेका छन् । यद्यपि घटनाको उद्देश्य र प्रकृतिबारे अनुसन्धान जारी छ ।

    इजरायली सञ्चारमाध्यमका अनुसार विमानबाट सम्भावित अपहरणको संकेत आएपछि सेनाले लडाकू विमान परिचालन गरेको थियो । विमानमा रहेका यात्रुहरूले पनि आफूहरूले ठूलो अशान्तिको सामना गर्नुपरेको बताएका छन् ।

    घटना इजरायलमा अक्टोबरको अन्त्यमा हुने निर्वाचनको केही साताअघि भएको हो । मंगलबार नेतान्याहुले निर्वाचनअघि इजरायलका शत्रुहरूले आक्रमणको प्रयास गर्न सक्ने ‘सङ्केत’ रहेको बताएका थिए । रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार