भारतको पश्चिम बंगाल विधानसभाका पूर्व उपसभामुख आशिष बनर्जी मृत अवस्थामा फेला परेका छन् ।
आज बिहान वीरभूम जिल्लाको रामपुरहाट सहरस्थित आफ्नै घरनजिकै रहेको तृणमूल कांग्रेसको कार्यालयमा बनर्जी मृत अवस्थामा फेला परेका भारतीय सञ्चार माध्यामले जनाएका छन् ।
झुन्डिएको अवस्थामा फेला परेको उनको शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।
तृणमूल प्रमुख ममता बनर्जी मुख्यमन्त्री हुँदा आशिष बनर्जीले उपसभामुखको जिम्मेवारी सम्हालेका थिए। उनी रामपुरहाटबाट पाँच पटक विधायक निर्वाचित भएका थिए।
यस वर्षको सुरुमा भएको राज्यको निर्वाचनमा उनी भाजपाका ध्रुव साहसँग पराजित भएका थिए। उनी रामपुरहाटको हत्तलापाडा क्षेत्रमा बस्दथे।
उनको शव फेला परेको खबर सुनेपछि पार्टी कार्यालयबाहिर ठूलो भीड जम्मा भएको छ ।
