आइतबार, असोज १८ गते २०८३    

आइतबार, असोज १८ गते २०८३    

इजरायली राजदूतले ममदानीलाई भने : खतरनाक नेता

इजरायली राजदूतले ममदानीलाई भने : खतरनाक नेता

बुधबार, असोज ७ २०८३
बुधबार, असोज ७ २०८३
  • संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूत ड्यानी डानोनले न्युयोर्कका मेयर जोहरान मामदानीलाई "खतरनाक नेता" भन्दै आलोचना गरेका छन् ।

    इजरायलले हमासका लडाकुहरुमाथी गरेको कारबाहीको मेयर ममदानीले निन्दा गरेको भन्दै राजदूत ड्यानीले पत्रकार सम्मेलनमा उनलाई खतरनाक नेताको संज्ञा दिएका हुन् ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस अघि एक भिडियो जारी गर्दै मेयर मामदानीमाथि हमासलाई समर्थन गरेको र "न्युयोर्कका यहूदीहरू विरुद्ध दंगा भड्काएको" आरोप लगाएका थिए।

    मेयर ममदानीले भने इजरायली प्रधानमन्त्री बेन्जामीन नेतान्याहुको उक्त आरोपलाई अस्वीकार गरेका छन् ।

    ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सम्बन्धमा आफुहरुलाई वास्तविक थाहा कुरा उनी विरुद्ध कथित युद्ध अपराध र मानवता विरुद्धको अपराधका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पुर्जी जारी गरेको र साथै प्रधानमन्त्रीको हैसियतमा उनी प्यालेस्टिनीहरू विरुद्धको भयानक नरसंहारका मुख्य योजनाकार रहेको बताए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार