आइतबार, असोज १८ गते २०८३    

आइतबार, असोज १८ गते २०८३    

निर्वाचन सुधारका लागि आयोग र राजनीतिक दलबीच छलफल 

निर्वाचन सुधारका लागि आयोग र राजनीतिक दलबीच छलफल 

शनिबार, असोज १७ २०८३
शनिबार, असोज १७ २०८३
  • निर्वाचन आयोगले निर्वाचन तथा राजनीतिक दल व्यवस्थापनका विषयमा सरकारका तीनै तहको प्रतिनिधित्व भएका राजनीतिक दलहरुसँग छलफल गरेको छ । 

    शुक्रबार आयोगले निर्वाचनमा बढी भन्दा बढी मतदाताको सहभागीता, बदर मत न्यूनिकरण, मतदाता नामावलीको शुद्धता, विदेश तथा अन्तर जिल्ला मतदानको व्यवस्था, निर्वाचनमा सूचना प्रविधिको प्रयोग लगायतका विषयमा छलफल गरेको हो । 

    छलफलमा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन, निर्वाचन खर्च न्यूनिकरण, मतदाता शिक्षा तथा राजनीतिक दल सम्बन्धी ऐनमा भएका व्यवस्था अनुसार दलहरुले गर्नुपर्ने कार्यसहित समग्र निर्वाचन सुधारका विषयमा विचार आदान–प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ । 

    छलफलमा राजनीतिक दलका प्रतिनिधिहरुले नेपालको संविधानले सबै नागरिकहरुलाई मतदानको अधिकार सुनिश्चित गरेकोले स्थायी ठेगाना भन्दा बाहिर अस्थायी रुपमा बसोबास गरिरहेका नागरिकलाई समेत मतदानको अधिकार उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए । 

    त्यसैगरी निर्वाचनमा सुचना प्रविधिको प्रयोग गर्दा विज्ञहरुको सुझाव र परामर्शका आधारमा निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा असर नपर्ने गरी आवश्यक अध्ययन गरेर मात्रै अघि बढ्नुपर्नेमा दलहरुले जोड दिएका थिए । निर्वाचन खर्च न्यूनिकरण, मतदाता शिक्षा र मतदाता नामावली तयारी लगायतका विषयमा आयोगलाई सहयोग गर्ने प्रतिबद्धता पनि दलका प्रतिनिधिहरुले व्यक्त गरेका थिए । 

    कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले राजनीतिक दल र आयोगबीचको आपसी सहयोग तथा सहकार्यबाट लोकतान्त्रिक पद्धति अनुसार निर्वाचनका सबै पक्षमा समयाअनुकुल सुधार गर्न सकिने बताए । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार