पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन् ।
उनलाई गएराती महाराजगन्जस्थित आफ्नै घरबाट पक्राउ गरिएको हो ।
जबरालाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको हो । जबरालाई कुन कसुरमा पक्राउ गरिएको हो भन्ने कारण भने खुलाइएको छैन ।
२०७८ पुस १८ गते प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका जबराविरुद्द २०७८ फागुन १ गते संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।
महाअभियोगको प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका जबराविरुद्दको ओरस्ताव पारित नभएपनी जबरा त्यसपछि सर्वोच्च अदालतमा फर्किन पाएनन र निलम्बनकै अवस्थामा उनको कार्यकाल सकिएको थियोे ।
