नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कांग्रेसले डेमोक्रेसी र डेलिभरिको पुलको काम गर्ने बताएका छन् ।
कांग्रेसको १५ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले लोकतन्त्र र जनतालाई प्रत्यक्ष सेवा तथा परिणामसँग जोड्ने पुलको काम कांग्रेसले गर्ने बताए ।
"डेमोक्रेसी र डेलिभरिको पुलको काम कांग्रेसले गर्छ । पुराना र नयाँ पुस्तालाई जोड्ने काम कांग्रेसले गर्छ," सभापति थापाले भने ।
मुलुकमा लामो राजनीतिक संघर्ष र परिवर्तन भएपनि रोजगारी सिर्जना युवा पलायन रोक्ने र जनताको जिवनस्तर दुधार्ने विषयमा अब सबै राजनीतिक दल मिलेर गम्भीर रुपमा समिक्षा गर्नुपर्ने बताए ।
मुलुकले लामो समय राजनीति संघर्ष र संक्रमण व्यहोरे पनि त्यसको प्रतिफल जनताको दैनिक जिवनमा पर्याप्त रुपमा पुग्न नसकेको भन्दै सभापति थापाले यसको कारण सबै राजनीतिक दल मिलेर खोज्नुपर्ने बताए ।
राजनीतिक परिवर्तन सँगै आर्थिक र सामाजिक रुपान्तरणलाई पनि सँगसँगै अघि बढाउनुपर्ने थापाको भनाई रहेको थियो ।
