बुधबार, मंसिर ३ गते २०८३    

बुधबार, मंसिर ३ गते २०८३    

राजनीति

ओलीको प्रश्न : नेपाली भाषा हामीले बुझ्न छोड्यौं की अदालतले बुझ्न छोड्यो ? 

ओलीको प्रश्न : नेपाली भाषा हामीले बुझ्न छोड्यौं की अदालतले बुझ्न छोड्यो ? 

मंगलबार, मंसिर २ २०८३
मंगलबार, मंसिर २ २०८३
  • पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालतको आलोचना गरेका छन् । 

    अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले संसद् विघटनको मुद्धाबारे फैसला नगरेको भन्दै सर्वाेच्च अदालतप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले प्रदेश सरकारको बारेमा पनि सर्वाेच्चले अनौठो फैसला गरेको बताए । 

    “मधेशमा हामीले सरकारबाट राजीनामा गरेका छौं । अब ४ गतेसम्ममा दाबी प्रस्तुत गर्नुपर्नेछ । सर्वाेच्च अदालतबाट एउटा अनौठो फैसला भएको छ । त्यसले गर्दा हामीले ४ गतेसम्म पर्खिनु पर्नेछ । के अनौठो फैसला भने सात दिनभित्र दाबी पेश गर्ने भनेमा सात दिनसम्म नै पर्खिनु पर्ने । एउटा बहुमत पुर्याएर दाबी पेश गरिसकेपछि अर्काे बहुमत हुन सक्दैन,” उनले भने । 

    सर्वाेच्चले जेसुकै फैसला गरेपनि त्यसलाई मान्नैपर्ने भन्दै ओलीले भने, “हामीलाई सरकारमा जान नदिन गत वर्ष अत्यन्तै असंवैधानिक ढंगले सरकार उल्टाइयो, प्रतिनिधि सभा असंवैधानिक ढंगले, अधिकार विहिन व्यक्तिहरुका सिफारिसमा प्रतिनिधिसभा विघटन गरियो । हामीले पुर्नस्थापनाका लागि माग गर्यौं, अघिपछि हतारिएर फैसला हुन्छ । त्यसमा अहिले पनि फैसला भएको छ । फागुनमा निर्वाचन भैसक्यो मुद्दा अहिले पनि फैसला भएको छैन् ।” 

    निर्वाचन अगाडी नै फैसला हुनु पर्ने मुद्दामा सर्वाेच्च अदालतले टेबुल मुनी राखेर बसिखेको भन्दै ओलीले हामीले नेपाली भाषा बुझ्न छोड्यौ की अदालतले नेपाली भाषा बुझ्न छोडेको हो ? भन्दै प्रश्न गरे । 

    “निर्वाचन अगाडी फैसला हुनु पर्थ्यो । सर्वाेच्च अदालत मुद्दा टेबलमै राखेर बसि राख्यो । फैसला नै भएन, अच्चमको फैसला हुन्छ । नेपाली भाषा हामीले बुझ्न छोड्यौं कि अदालतले बुझ्न छोड्यो । अहिले त्यतातिर नजाऔं । फेरि एउटा मुद्दा थपिन बेर लाउँदैन् । जसो गर्दा पनि अपमान गर्यो भन्छन् । केही बोल्नै नहुने अहिले पनि मुद्दा छन् होलान त्यहाँ, थाहाँ छैन्, याद छैन् मलाई त,” ओलीले भने । 

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार