बुधबार, मंसिर ३ गते २०८३    

बुधबार, मंसिर ३ गते २०८३    

एनपीएल

सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी एनपीएलको फाइनलमा

सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी एनपीएलको फाइनलमा

मंगलबार, मंसिर २ २०८३
मंगलबार, मंसिर २ २०८३
  • सुदूरपश्चिम रोयल्सलाई हराउँदै साविक विजेता लुम्बिनी लायन्स एनपीएलको फाइनलमा प्रवेश गरेको छ ।

    लुम्बिनी एनपीएलको इतिहासमा दोस्रोपटक फाइनलमा पुगेको हो । यसअघि टोली दोस्रो सिजनमा पहिलोपटक फाइल प्रवेश गर्दा सुदूरपश्चिमलाई नै हराएर च्याम्पियन बनेको थियो ।

    मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले प्रस्तुत गरेको १०६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १६.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

    अब भोलि इलिमिनिटरमा हुने खेलमा काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्दैछन । इलिमिनेटरमा विजेता बनेको टोलीसँग सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरमा विजेता बनेको टोलि फाइनलमा प्रवेश गर्नेछ।

    फाइनल पुगेको उक्त टोलीले उपाधिकालागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछर विजेता टोलीले यस सिजनको एनपीएलको ट्रफी उचाल्नेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार