बिहीबार , कात्तिक २० गते २०८३    

बिहीबार , कात्तिक २० गते २०८३    

खेलकुद

रोनाल्डोद्दारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

रोनाल्डोद्दारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

बिहीबार , कात्तिक २० २०८३
बिहीबार , कात्तिक २० २०८३
  • विश्व प्रसिद्ध महान फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्।

    बिहिबार इन्स्टाग्राममा एक भिडियो पोष्ट गर्दै रोनाल्डोले यस्तो घोषणा गरेका हुन् ।

    ४१ वर्षीय पोर्चुगलका फरवार्ड रोनाल्डोले सन् २००३ मा डेब्यु गरेयता आफ्नो देशका लागि २३४ खेल खेल्दै १४६ गोल गरेका छन् । यी दुवै रोनाल्डोका विश्व कीर्तिमान हुन्।

    रोनाल्डोले सन् २०१६ मा पोर्चुगललाई युरोपेली च्याम्पियनसिपको उपाधि जिताएका थिए । उनको कप्तानीमा पोर्चुगलले पहिलोपटक उक्त प्रतियोगिताको उपाधि जितेको थियो ।

    गत महिना डेनमार्कविरुद्धको नेसन्स लिग खेलमा आफू सुरुवाती टोलीमा नपर्ने बताइएपछि उनी पोर्चुगलको प्रशिक्षण शिविरबाट बाहिरिएका थिए।

    "पोर्चुगलका जनताहरू, अब हाम्रो राष्ट्रिय टोलीको 'नम्बर सात' जर्सी फिर्ता गर्ने दिन आएको छ। मैले यो जर्सी कहिल्यै केवल मेरो मात्र हो भन्ने ठानिनँ। तर, २३ वर्षसम्म यसलाई लगाउने, यसको मान राख्ने र विश्वभरका रंगशालाहरूमा यसलाई बोकेर हिँड्ने सौभाग्य र जिम्मेवारी मैले पाएँ। आज यसलाई भविष्यका लागि हस्तान्तरण गर्ने बेला आएको छ। यो निर्णय लिन सजिलो थिएन, किनकि कतिपय निर्णयहरू केवल दिमागले मात्र होइन, हृदयले पनि लिइने गर्छन्। सन् २००३ को अगस्टमा सुरु भएको र मेरो जीवनलाई सधैंका लागि बदलिदिएको एउटा यात्रा अब टुंगिएको छ," इस्टाग्राममा जारी गरेको भिडियोमा रोनाल्डोले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार