बिहीबार , कात्तिक १३ गते २०८३    

बिहीबार , कात्तिक १३ गते २०८३    

राजनीति

देशमा गुण्डाराज चलिरहेको छ, आन्दोलनको विकल्प छैन : ओली

देशमा गुण्डाराज चलिरहेको छ, आन्दोलनको विकल्प छैन : ओली

बुधबार, कात्तिक १२ २०८३
बुधबार, कात्तिक १२ २०८३
  • नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सिङ्गो राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्थामा पुगिरहेको बताएका छन् ।

    यस अवस्थालाई थप विग्रन नदिएर देशलाई कमसेकम स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न सक्ने बनाउन आन्दोलनको विकल्प नभएको अध्यक्ष ओलीको भनाई रहेको छ ।

    पार्टीको केन्द्रीय सदस्यमा मनोनीत तीनजना सदस्यहरुलाई आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा शपथ ग्रहण गराउँदै उनले आन्दोलनको तयारी गर्नुको विकल्प नभएको स्पष्ट पारे ।

    उनले भने, "अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ । देश कमसेकम स्वतन्त्रताको प्रयोग, स्वाधीनताको प्रयोग गर्न सक्ने हुनुपर्छ ।  देशमा कोही पनि बोल्नै नसक्ने गरी राज्य आतङ्क सिर्जना गरिएको, गुण्डाराज चलिरहेको र सरकार बेलगाम फासीवादतर्फ अगाडि बढिरहेको छ ।"

    नेकपा (एमाले) समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई आफ्नो गन्तव्य बनाई आधुनिक नेपाल निर्माणको लक्ष्य लिएर अगाडि बढिरहेको हुँदा देशलाई अहिलेको ‘क्रिटिकल’ अवस्थाबाट पार लगाउनुपर्ने अभिभारा पनि पार्टीको काँधमा आएको अध्यक्ष ओलीले बताए ।

    उनले पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध र अनुशासित ढङ्गले अगाडि बढ्दामात्र कार्यकर्तामा उत्साह भर्न सकिने, जनतामा एमालेप्रतिको आकर्षण फर्काउन सकिने र उपरोक्त अभिभारा पूरा गर्न सकिने बताए ।

    गत बर्ष फागुन २१ मा भएको निर्वाचन– चुनाव नभई प्रतिगमनको योजनाबद्ध दोस्रो श्रङ्खला भएको आरोप लाउँदै ओलीले एमाले सत्य, न्याय, देश र जनताको पक्षमा रहेकाले आगामी स्थानीय तहको निर्वाचनमा विजय प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार