मंगलबार, कात्तिक ११ गते २०८३    

मंगलबार, कात्तिक ११ गते २०८३    

एनपीएल

सुदूरपश्चिमलाई स्तब्ध पार्दै लुम्बिनी लायन्सको विजयी सुरुवात

सुदूरपश्चिमलाई स्तब्ध पार्दै लुम्बिनी लायन्सको विजयी सुरुवात

सोमबार, कात्तिक १० २०८३
सोमबार, कात्तिक १० २०८३
  • एनपीएल तेस्रो सिजनको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध सान्दार जित हासिल गर्दै विजयी सुरुवात गरेको छ । 

    सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९. ५ ओभरमा ३ विकेटको क्षतीमा पुरा गर्यो । लुम्बिनीका लागि डार्शी शर्टले सर्वाधिक ४० रन प्रहार गरे । 

    त्यस्तै ओपनर आशिफ शेखले  ३२ निरोशन डिक्वोलाले ७ रन जोडे । बलिङतर्फ सुदूरपश्चिम रोयल्सका अनिल खरेलले २ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । 


    यस अघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको थियो ।  लुम्बिनीको घातक बलिङमा सुदूरपश्चिम ८७ रनमा अलआउट भएको छ । 

    त्रिवि क्रिक्रेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूपश्चिम १७.२ ओभरमा अलआउट हुँदै ८७ रन मात्रै जोड्न सक्यो । 

    सुरुवातीदेखि नै विकेट झर्न थालेको सुदूरपश्चिमको लगातार विकेट झर्न पुगेको पछि कमजोर सुरुवात गर्यो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २७ रन जोडे । 

    त्यस्तै शैफ अली जैबले १३ रन र अनिल खरेलले १२ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । 

    सुदूरपश्चिमको ब्याटिङ ध्वस्त पार्न लुम्बिनीका किशोर महत्तोले सर्वाधिक ४ तथा शेर मल्लले ३ विकेट चट्काए भने श्याडली भान शाल्क्विक र तिलकराज भण्डारी र कप्तान रोहित कुमार पौडेलले समान एक–एक विकेट लिए । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार