मंगलबार, कात्तिक ४ गते २०८३    

मंगलबार, कात्तिक ४ गते २०८३    

फ्रान्स

गणतन्त्रलाई नै ढाल्न खोज्ने हिंसात्मक प्रदर्शनकारीहरुले सजाय भोग्नुपर्छ : राष्ट्रपती म्याक्रोन

गणतन्त्रलाई नै ढाल्न खोज्ने हिंसात्मक प्रदर्शनकारीहरुले सजाय भोग्नुपर्छ : राष्ट्रपती म्याक्रोन

सोमबार, कात्तिक ३ २०८३
सोमबार, कात्तिक ३ २०८३
  • फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले देशभर फैलिएको हिंसात्मक प्रदर्शन, लुटपाट र तोडफोडप्रती आक्रोश र लज्जा व्यक्त गर्दै गणतन्त्रलाई नै ढाल्ने प्रयास गर्ने हिंसात्मक प्रदर्शनकारीले आफ्ना अपराधको सजाय भोग्नुपर्ने बताएका छन् ।

    आइतबार टेलिभिजन मार्फत सम्बोधन गर्दै म्याक्रोनले शनिबार फ्रान्सका विभिन्न शहरमा भएका हिंसात्मक घटनाप्रती कडा असन्तुष्टि जनाएका हुन् । शनिबारको हिंसा पछिल्ला केही वर्ष यताकै सबैभन्दा गम्भी

    र शहरी अशान्ति मध्ये एक भएको बताइएको छ । प्रदर्शनमा उत्रिएकाहरुमा शनिबार मात्रै करिब २ हजार ४ सय जना पक्राउ परेका छन् । घटनाका क्रममा करिब एक हजार प्रहरी घाइते भएको जनाइएको छ ।

    म्याक्रोनले जायज माग राखेर प्रदर्शन गर्ने नागरिक र तोडफोड तथा लुटपाटमा संलग्न व्यक्तिबीच स्पष्ट भिन्नता गर्नुपर्नेमा जोड दिएका छन् ।

    जायन माग राख्ने प्रदर्शनकारी र ध्वंस, तोडफोड तथा लुटपाट मच्चाउनेहरुलाई एउटै रुपमा हेर्न नहुने उनको भनाई रहेको छ ।

    राष्ट्रपति म्याक्रोनले हिंसाबाट प्रभावित व्यक्तिहरुलाई तत्काल सहायता उपल्ब्ध गराउन संकट व्यवस्थापन इकाई गठन गरिने प्रतिबद्धता जनाए । कठिन परिस्थितिबाट ग्रुजिरहेका नागरिकलाई तत्काल सहायता उपलब्ध गराइने उनले बताए

    । यस सप्ताहन्तमा भएको व्यापक हिंसाबाट पाठ सिक्दै भविष्यमा यस्ता घटना फोहोरिन नदिन आवश्यक कदम चालिने उनले बताएका छन् ।

    उनले भने, "हामीले स्पष्ट हुनुपर्छ हिजो विभिन्न सहरमा हाम्रा सुरक्षाकर्मी र सरकारी अधिकारिहरु आफ्नो व्यवसायीक दक्षताका बाबजुद अभूत्पुर्ब हिंसाको सिकार भए ।"

    राष्ट्रपति म्याक्रोनले सरकारलाई घटनाबाट सिक्नुपर्ने पाठ पहिचान गर्न र भविस्यमा यस्तो अवस्था आउन नदिन आवश्यक तयारी गर्न निर्देशन दिएको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार