विश्व प्रसिद्ध फुटबरल क्रिस्टियानो रोनाल्डोलाई अस्थायी रुपमा निलम्बन गरिएको छ ।
पोर्चुगिज फुटबल महासंघले अनुशासनात्मक छानबिन सुरु गर्दै क्रिस्टियानो रोनाल्डोलाई अस्थायी रूपमा निलम्बन गरेको छ।
नेसन्स लिगअन्तर्गत डेनमार्कविरुद्धको खेलअघि राष्ट्रिय टोलीको क्याम्प छोडेपछि पोर्चुगिज फुटबल महासंघले रोनाल्डोमाथी अनुशासनात्मक छानबिन सुरु गर्दै क्रिस्टियानो रोनाल्डोलाई अस्थायी रूपमा निलम्बन गरेको हो ।
पाँच पटकका बालोन डी'ओर विजेताले समेतर रहेका पोर्चुगलका प्रशिक्षक जर्ज जेससको एकलौटी निर्णयविरुद्ध असहमति जनाएका थिए। प्रशिक जेसससँगको विवादपछि रोनाल्डोले राष्ट्रिय टोलीको क्याम्प छोडेर आफ्नो निजी जेट मार्फत साउदी फर्किएका थिए ।
रोनाल्डोले पोर्चुगलको मुख्य प्रशिक्षकसँगको आफ्नो विवादको बारेमा यस अघि नै सामाजिक सञ्जाल मार्फत जानकारी गराइसकेका छन् ।
उक्त जानकारीमा रोनाल्डोले आफुले गरेको क्याम्प छोड्ने निर्णय गलत भएकोमा क्षमायाचना गर्दै टिम खेलाडी, पोर्चुगलका जनता र विश्वभरका समर्थकलाई धन्यवाद ज्ञापन गरेका थिए ।
