बुधबार, असोज २१ गते २०८३    

बुधबार, असोज २१ गते २०८३    

नोबेल पुरस्कार 

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई

आइसक्यूब न्यूट्रिनो वेधशालामा निर्णायक योगदान तथा खगोल भौतिक उत्पत्तिको उच्च-ऊर्जा न्यूट्रिनोको खोजको लागि

मंगलबार, असोज २० २०८३
मंगलबार, असोज २० २०८३
  • २०२६ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई प्रदान गरिने भएको छ ।

    रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले आज एक समारोह मार्फत हाल्जेनलाई २०२६ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

    उनलाई आइसक्यूब न्यूट्रिनो वेधशालामा निर्णायक योगदान तथा खगोल भौतिक उत्पत्तिको उच्च-ऊर्जा न्यूट्रिनोको खोजको लागि यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो ।

    हाल्जेन बेल्जियममा जन्मिएका र अमेरिकामा अध्यापन गर्ने वैज्ञानिक हुन ।

    सन् २०२५ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिक जान क्लार्क, मिशेल एच. डेभोरेट र जोन एम मार्टिनिसलाई प्रदान गरिएको थियो ।

    हिजो यस वर्ष (२०२६) को चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार कार्ल डाइसरोथ (अमेरिका), पिटर हेगम्यान (जर्मनी) र जर्ज नागेल (जर्मनी) लाई प्रदान गर्ने घोषणा गरिएको थियो ।

    सन् १९०१ देखि दिइँदै आएको नोबेल पुरस्कार ६ वटा विधामा प्रदान गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार