नेपाल प्रीमियर लिग (एनपीएल) तेस्रो सिजनको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ ।
शनिबार साँझ भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेर रोयल्सले उपाधी जितेको हो ।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले विना विकेटको क्षतीमा १३.३ ओभरमै पूरा गर्यो ।
सुदूरपश्चिमको जितमा जर्ज मुन्सेले नटाआउट १२५ रनको विस्फोटक शतकिय इनिङस खेले । ५४ बलको समना गरेका मुन्सेले ८ चौका र १२ छक्काको मदतमा नटआउट १२५ रनको योगदान दिए । त्यस्तै अर्का ब्याटर बिनोद भण्डारीले नटआउट ३० रन बनाए ।
यस अघि टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १५५ रनको योगफल बनाएको थियो ।
लुम्बिनीका लागि दिलिप नाथले ३९ रन बनाए । त्यस्तै कप्तान रोहित कुमार पौडेलले ३०, निरोशन डिक्कोइलाले २८, अलि शेखले २४ र डार्सी सर्टले २४ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका स्टक कुगेलेइनले सर्वाधिक २ विकेट लिए भने हेमन्त धामी, थारिन्दु रत्नायके र कप्तान दिपेन्द्र सिंह ऎरीले समान एक-एक विकेट लिए ।
प्रतियोगिताको विजेता बनेसँगै सुदूरपश्चिमले डेढ करोड पुरस्कार राशी जितेको छ । भने उपविजेता भएको लुम्बिनीले ८० लाख नगद पुरस्कार पाउनेछ ।
एनपीएलको पहिलो सिजनको उपाधी जनकपुर बोल्टसले जितेको थियो भने दोस्रो सिजनमा लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै उपाधी जितेको थियो ।
लगातार तेस्रो पटक फाइनलमा पुगेको सुदूरपश्चिमले यस पटक भने लुम्बिनीसँग गत सिजनको बदला लिँदै उपाधी उचाल्न सफल भएको हो ।
