शनिबार, मंसिर ६ गते २०८३    

शनिबार, मंसिर ६ गते २०८३    

एनपीएल

एनपीएलको उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

एनपीएलको उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

शुक्रबार, मंसिर ५ २०८३
शुक्रबार, मंसिर ५ २०८३
  • नेपाल प्रीमियर लिग एनपीएलको तेस्रो सिजनको उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन् ।

    पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई नै पराजित गरेर लुम्बिनी लायन्स फाइनलमा पुगेको हो भने हिजो भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।

    यो सँगै सुदूरपश्चिम एनपीएलको तीनै सिजनमा लगातार फाइनलमा पुग्ने तेस्रो टीम बनेको छ ।

    पहिलो सिजनको फाइनलमा जनकपुर बोल्टससँग पराजित भएको सुदूरपश्चिमले दोस्रो सिजनको फाइनलमा लुम्बिनी लायन्ससँग पराजय भोगेको थियो । यो सिजनको फाइनलमा सुदूरपश्चिमले लुम्बिनीसँगै भिड्दैछ ।

    लुम्बिनी लगातार दोस्रो पटक एनपीएलको उपाधी उचाल्ने दाउमा छ भने सुदूरपश्चिम लुम्बिनीविरुद्ध बदला लिँदै यो सिजनको उपाधी उचाल्ने रणनीतिमा रहेको छ ।

    एनपीएलको यस सिजनको विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

    त्यस्तै उपविजेताले ८० लाख, तेस्रो हुने टिमले ४० लाख र चौथो स्थान हासिल गर्ने टीमले ३० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

    प्रतियोगिताको फाइनल खेल भोलि शनिबार (मंसिर ५) साँझ ५:०० बजे कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार