पूर्वमुख्य सचिव एकनारायण अर्याल विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) अर्याललाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो ।
मलेसिया जाने श्रमिकमाथि संगठित रुपमा ठगी गरेको आरोपमा अनुसन्धानका लागि तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव समेत रहेका अर्याललाई पक्राउ गर्न खोजिएको हो ।
मलेसिया गएका श्रमिकसँग श्रम सम्झौता विपरित १ अर्ब ६९ करोड असुल गरेको उजुरिका आधारमा सिआईबीले बुधबार दुई पूर्वमन्त्रीद्दय शेरबहादुर कुँवर र रामेश्वर यादवसहित ६ जनालाई पक्राउ गरिसकेको छ।
