शनिबार, कात्तिक २९ गते २०८३    

शनिबार, कात्तिक २९ गते २०८३    

एनपीएल

चितवनसँग ४ विकेटले पराजित भएसँगै बाहिरियो जनकपुर

चितवनसँग ४ विकेटले पराजित भएसँगै बाहिरियो जनकपुर

शुक्रबार, कात्तिक २८ २०८३
शुक्रबार, कात्तिक २८ २०८३
  • नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ ।

    त्रिवि क्रीकेट मैदानमा पहिला ब्याटिङ गरेको जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

    चितवनको जितका लागि डेभिड मलानले सर्वाधिक ३५ रन बनाउँदा रवि बोपाराले १३ र कुशल मल्लले १५ रन जोडे ।

    बलिङतर्फ जनकपुरका लागि राहुल यादवले सर्वाधिक ३ विकेट चट्काउँदा ललित राजवंशीले २ तथा विशाल शुसलिङले एक विकेट झारे ।

    त्यस्तै पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा ८८ रन जोडेको थियो ।

    यो जितसँगै चितवनको प्लेअफ यात्रा बलियो जिवितै रहेको छ भने जनकपुर एनपीएलको यो सिजनबाट बाहिरिसकेको छ ।

    जनकपुरसँगै पोखरा एभेन्जर्स र कर्णाली याक्स पनि बाहिरिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार