बुधबार, कात्तिक १२ गते २०८३    

बुधबार, कात्तिक १२ गते २०८३    

एनपीएल

विराटनगर किङ्ग्सविरुद्द चितवन राइनोजको रोमाञ्चक जित

विराटनगर किङ्ग्सविरुद्द चितवन राइनोजको रोमाञ्चक जित

मंगलबार, कात्तिक ११ २०८३
मंगलबार, कात्तिक ११ २०८३
  • विराटनगर किंङ्ग्सविरुद्द चितवन राइनोजले रोमाञ्चक जित निकालेको छ ।

    त्रिवि क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १४९ रनमै अलआउट भयो ।

    विराटनगरका लागि इमरान शेखले सर्वाधिक ३९ रन बनाए । त्यस्तै आन्द्रे रसेलले ३३ लोकेश बमले २६ रन जोड्नु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेन्न ।

    विराटनगरलाई रोक्न चितवनका कमलसिंह ऎरीले सर्वाधिक ४ विकेट चट्काए भने रिजन ढकालले २ विकेट लिए । त्यस्तै रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले एकएक विकेट लिए । 

    १८औं ओभरमा लगातार दुई विकेट लिँदै कमलले खेल चितवनतर्फ फर्काए । जितका लागि विराटनगरलाई जितका लागि १८ बलमा २१ रन आवश्यक थियो । तर, १८औं ओभरमा कमलसिंह ऐरीले लगातार दुई विकेट लिएसँगै विराटनगर धरापमा पर्‍यो । 

    रुपेश सिंह र प्रतिश जिसी कुनै पनि रन नजोडी पभेलियन फर्किए । १९औं ओभरमा रिजन ढकालले थप दुई विकेट लिँदै खेल चितवनको पक्षमा पुर्याएका थिए ।

    यस अघि पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रनको योगफल तयार गरेको थियो ।

    आज हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्टस भिड्नेछन् ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार