मंगलबार, कात्तिक १८ गते २०८३    

मंगलबार, कात्तिक १८ गते २०८३    

हेलिकप्टर दुर्घटना

सोलुखुम्बु हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो, घाइतेलाई काठमाडौं ल्याइयो

सोलुखुम्बु हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो, घाइतेलाई काठमाडौं ल्याइयो

मंगलबार, कात्तिक १८ २०८३
मंगलबार, कात्तिक १८ २०८३
  • सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका –०४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    मंगलबार बिहान फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एक-आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

    प्रहरीका अनुसार दुर्घटनामा फिस्टेल एयरमा चालक दलसहित तीन जना सवार रहेका थिए । मृत्यु हुनेमा भारतको तमिलनाडु राज्य, चेन्नई घर भएका अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव प्रभु एयरको हेलिकप्टरमार्फत बिसुगार्ड, लुक्ला ल्याइएको छ ।

    घाइते हुनेहरूमा न्युजिल्यान्ड घर भएका अन्दाजी ४९ वर्षीय सेलिशकुमार पटेल, फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति, डाइनेस्टी एयरका पाइलट प्रजल के.सी. रहेका छन् ।

    घाइतेमध्ये सेलिशकुमार पटेल र फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    त्यस्तै, डाइनेस्टी एयरका पाइलट प्रजल के.सी. को लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार