पूर्वप्रधान्यायाधिश चोलेन्द्र शमशेर जबरासँग जोडिएका विचौलिया इनम सापकोटाको कनेक्सन सर्वोच्च अदालतका प्रधानन्यायाधीश मोनोज शर्मा र अर्का न्यायाधीश हरिप्रसाद फुँयालसम्म जोडिएको पाइएको छ ।
यस अघि पक्राउ परेका बिचौलिया दिपक भट्टलाई छुटाउन इनमले चोलेन्द्रसँगै शर्मा र फुँयालसँग संवाद गरेको भनेर दाबी गरिएका च्याट बाहिरिएका छन् ।
न्यायाधीश फुँयालले रोहित गुप्तालाई रिहा गर्न २ कडोड धरौटी मागिएको र भोलीसम्म रिहा हुने भन्दै इनमलाई हिमालय होटेलमा भेट्न बोलाएको ह्वाट्स्याप चाट बाहिरिएको छ ।

सापकोटासँग सम्बन्धित भनिएका केही सन्देशमा बहालवाला प्रधानन्यायाधीश मनोजकुमार शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल र सशस्त्र प्रहरीका एआईजी वंशी दाहालको नामसमेत उल्लेख भएको देखिएको छ।
अमेरिकामा रहेको बैंक खातामार्फत रकम जम्मा गर्ने विषयमा भएको संवादले उच्च पदस्थ व्यक्तिहरूको नाममा विदेशमा समेत ठुलो रकम राख्ने गरिएको विषयले यतिवेला गम्भीर प्रश्न उब्जाएको छ।

इनमसँगको सम्पर्क भएको भेटिएको र पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसहितलाई गोप्य सूचना चुहाएको आरोपमा यस अघि नै सशस्त्र एआईजी दाहाललाई बर्खास्त गरिसकेको छ ।
