राष्ट्रपती रामचन्द्र पौडेलले भारत, चिन र इजरायलका लागि राजदूत नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार पौडेलले गणतन्त्र भारतका लागि डा. निश्चल नाथ पाण्डे, जनवादी गणतन्त्र चीनका लागि डा. कल्याण राज शर्मा र इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा सुरेश कुमार कर्णलाई नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपती पौडेलले पाण्डे, शर्मा र कर्णलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै तीनै देशका लागि नवनियुक्त राजदूतहरुलाई राष्ट्रपती पौडेलले शपथ गराएका छन् ।
राष्ट्रपतिको कार्यालय, शीतल निवासमा सोमबार आयोजित एक समारोहका बीच राष्ट्रपति पौडेलले राजदूतहरु पाण्डे, शर्मा र कर्णलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
