शनिबार, मंसिर ६ गते २०८३    

शनिबार, मंसिर ६ गते २०८३    

राजनीति

रास्वपा सांसदको गोप्य अडियो बाहिरियो : कांग्रेस देउवाको पक्षमा जानुपर्छ, ओली-महेश चर्को बोल्नुपर्छ

रास्वपा सांसदको गोप्य अडियो बाहिरियो : कांग्रेस देउवाको पक्षमा जानुपर्छ, ओली-महेश चर्को बोल्नुपर्छ

शुक्रबार, मंसिर ५ २०८३
शुक्रबार, मंसिर ५ २०८३
  • चीन भ्रमणमा रहेका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको राजनीतिक संवाद सार्वजनिक भएको छ ।

    चीनको प्रविधि प्रदर्शनीमा रोबोट अवलोकन गरिरहेका बेला रास्वपा सांसदहरूबीच भएको कुराकानी भिडियोमा कैद भएपछि उनीहरूको संवाद बाहिरिएको हो ।

    भिडियोमा सांसदहरूले नेपाली कांग्रेसको आन्तरिक विवाद र पार्टीको आधिकारिकताबारे छलफल गरेको सुनिन्छ ।

    कुराकानीका क्रममा उनीहरूले ‘कांग्रेस देउवाको हातमा जानुपर्छ’ भन्दै शेरबहादुर देउवाले पार्टीको आधिकारिकता पाए आफूहरूलाई फाइदा हुने धारणा राखेका छन् ।

    त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतलगायतको राजनीतिक अवस्थाबारे पनि उनीहरूले कुराकानी गरेका छन् ।

    आफूहरूले पनि काम गरेर देखाउन नसके भविष्यमा त्यस्तै राजनीतिक परिस्थितिमा पुग्न सक्ने आशयको अभिव्यक्तिसमेत भिडियोमा सुनिन्छ ।

    ‘अदालतले पनि फैसला गरेर शेरबहादुर देउवाकोमा मान्यता जानुपर्छ स्थानीय चुनावसम्म । र, ओलीलाई पनि रोक्नुहुन्न । किनभने डबल चर्को भएर निस्कनुपर्छ ओली र महेश बस्नेत’, जस्ता धारणा उनीहरूले राखेका छन् ।

    अडियो बाहिरिएसँगै रास्वपा सांसदहरुको आलोचना भैरहेको छ भने यसले नेपाली राजनीतिमा नयाँ तरंग पैदा गरिदिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार