आइतबार, असोज २५ गते २०८३    

आइतबार, असोज २५ गते २०८३    

सिजेपी संस्थापक अभिजित दिपके हिरासतमा, गाउँमा बितिन हजुरआमा

सिजेपी संस्थापक अभिजित दिपके हिरासतमा, गाउँमा बितिन हजुरआमा

शनिबार, असोज २४ २०८३
शनिबार, असोज २४ २०८३
  • ककरोच जनता पार्टी (सिजेपी) का संस्थापक अभिजीत दिपकेकी हजुरआमाको शनिबार महाराष्ट्रको हिङ्गोली जिल्लास्थित सन्तुक पिम्परी गाउँमा निधन भएको भारतीय सञ्चार माध्यामले उल्लेख गरेका छन् ।

    लामो समयदेखिको बिमारी र उमेरजन्य स्वास्थ्य समस्याका कारण उनी विगत केही दिनदेखि अस्वस्थ थिइन्।

    यता मुख्य निर्वाचन आयुक्तको राजिनामा माग गर्दै जनतरमन्तरमा आन्दोलनको आह्वान गरेका सिजेपी संस्थापक समेत रहेका नाति अभिजित दिपके भने दिल्ली प्रहरीको हिरासतमा छन् ।

    आन्दोलनमा सहभागी हुन आज बिहान दिल्ली आएका दिपके सहितका सिजेपी नेताहरुलाई प्रहरीले विमान भित्रै गएर पक्राउ गरेको थियो ।

    उनले हजुर आमाको निधनको खबर हिरासत भित्रै सुनेका छन् । हिरासत रहेका दिपकेले हजुराआमाको निधनपछी घर जान पाउने वा नपाउने भन्नेबारेमा हालसम्म स्पष्ट भैसकेको छैन ।

    दिल्लीका विभिन्न स्थानमा सिजेपीका नेता कार्यकर्ता, विद्यार्थी संगठनहरु र विपक्षी दलहरुले भने आन्दोलन जारी राखेका छन् । प्रहरीले भने प्रदर्शन कारीहरुलाई पक्राउ गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार