बिहीबार , असोज २२ गते २०८३    

बिहीबार , असोज २२ गते २०८३    

राजनीति

नेकपा (जनपक्ष) को अध्यक्षमा दिनेश बर्तौला

नेकपा (जनपक्ष) को अध्यक्षमा दिनेश बर्तौला

रविन्द्र श्रेष्ठलाई नयाँ राजनीति यात्राको लागि हार्दिक शुभकामना दिने निर्णय

बुधबार, असोज २१ २०८३
बुधबार, असोज २१ २०८३
  • नेकपा (जनपक्ष) को अध्यक्षमा दिनेश बर्तौला चयन भएका छन् ।

    मंगलबार बसेको नेकपा (जनपक्ष) को तेस्रो केन्द्रिय कमिटीको बैठकले पार्टी अध्यक्ष रबिन्द्र श्रेष्ठ ‘महिन्द्र मल्ल’ लाई अध्यक्ष तथा पार्टी सदस्यबाट हटाउने निर्णय गरेको हो।

    "बैठकले श्रेष्ठले केन्द्रीय कमिटीको निर्णयबिना अन्य पार्टीसँग एकता प्रक्रियामा गएको भन्दै पार्टीको नीति, विधि र संगठनात्मक प्रक्रियाविपरीत काम गरेको निष्कर्ष निकालेको छ । साथै  रविन्द्र श्रेष्ठलाई नयाँ राजनीति यात्राको लागि हार्दिक शुभकामना दिने निर्णय गरेको," प्रवक्ता समिराद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    प्रवक्ता समिराका अनुसार बैठकले श्रेष्ठको स्थानमा प्रेसिडियम सदस्य तथा पार्टी प्रवक्ता दिनेश बर्तौलालाई पार्टी अध्यक्ष बनाउने निर्णय गरेको छ ।

    साथै प्रेसिडियममा शिखा, रबिन र समिरालाई थप गरिएको छ भने समिरालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको छ।

    श्रेष्ठ धर्मेन्द्र बास्तोला (कञ्चन) नेतृत्वको नेकपा (बहुमत) सँग पार्टी एकता गरि नेकपा (नयाँ बहुमत) गठन प्रक्रियामा सहभागी भएका छन् ।

    received_1577785073586476.jpeg

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार