बिहीबार , असोज २२ गते २०८३    

बिहीबार , असोज २२ गते २०८३    

वार्षिक प्रतिवेदन

दलित र थारु आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

दलित र थारु आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

बुधबार, असोज २१ २०८३
बुधबार, असोज २१ २०८३
  • राष्ट्रिय दलित आयोग र थारु आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरिएको छ ।

    बुधबार शितल निवासमा आयोजित कार्यक्रममा दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र थारु आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारुले आ-आफ्नो आयोगको वाषिर्क प्रतिवेदन रास्ट्रपति पौडेल समक्ष पेस गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

    "सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्‍ट्रपतिको कार्यालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम थारू आयोगका माननीय कार्यवाहक अध्यक्ष श्री सुबोध सिंह थारू र राष्‍ट्रिय दलित आयोगका माननीय अध्यक्ष श्री देवराज विश्‍वकर्माले आ-आफ्नो आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो," राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीद्दारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    संवैधानिक निकायले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार