सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन् ।
सुरक्षा सँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरि आचरण विपरीतको कार्य गरेको आरोपमा उनी निलम्बनमा परेको गृहमन्त्रालयका प्रवक्ता आनन्दराज काफ्लेद्दारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपालबाट कारबाहीका लागि मन्त्रालयमा सिफारिस प्राप्त भएको आधारमा एआईजी दाहलाई निलम्बन गरिएको र त्यस अनुसार तीनदिन भित्र जाँचबुझ सम्पन्न गरेर मन्त्रालयमा पेस गर्न भनिएको छ ।
विज्ञप्तिमा एआईजी दाहालले कस्तो सूचना चुहाएका हुन भनेर खुलाइएको छैन । तर, सशस्त्र प्रहरी बल नेपालका एक उच्च अधिकारीका अनुसार उनिमाथी असोज ११ गते अनुमति नै नलिएर पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेटेको आरोपछ ।
पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा चुनौती रहेको भन्दै प्रहरी टोलीले मध्य रातमा उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु ल्याएको थियो ।
जबरालाई प्रहरीले ल्याएपछि उनका नातेदार समेत रहेका एआईजी दाहाल जबरालाई भेट्न प्रहरी कार्यालय पुगेको सशस्त्र प्रहरी स्रोतको दाबी रहेको छ ।
