रेशम चौधरीको आममाफीविरुद्ध दायर भएको रिट सर्वोच्चले गर्यो खारेज
सर्वोच्च अदालतले नागतिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरिलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिट खारेज गरेको छ ।
न्यायाधीशद्द्य शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले चौधरीलाई माफी मिनाह दिने सरकारको निर्णय बदर गर्न माग गर्दै दायर भएको रिट निवेदन खारेज गरेको हो ।
२०७२ मा भएको टिकापुर घटनामा जन्मकैदको सजाय पाएका चौधरिलाई २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा तत्कालिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आम माफी दिएपछि उनी कारागारमुक्त भएका थिए ।
राष्ट्रपतिको उक्त माफीमिनाहविरुद्ध सर्वोच्च अदालत पुगेकी शारदा कडायतको रिट खारेज भएको हो ।
२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भएको थारुवान आन्दोलनका क्रममा एक नाबालकसहित ८ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो ।
