हेनरी र केन्सोलाई रसायनशास्त्र तर्फको नोबेल पुरस्कार
सन् २०२६ को रसायनशास्त्रको नोबेल पुरस्कार फ्रान्सका वैज्ञानिक हेनरी वि कागन र जापानका केन्सो सोआईलाई प्रदान गरिएको छ ।
रासायनिक प्रतिक्रीयामा एक अर्काको ऎनाको प्रतुबिम्ब जस्तै देखिने दुई अणुमध्ये एउटै रुप मात्र कसरी बनाउन सकिन्छ भन्ने करिब एक सय वर्ष पुरानो गुल्थी सुल्झाएबापत उनिहरुलाई यस वर्षाको नोबेल पुरस्कार प्रदान गरिएको हो ।
उनिहरुको खोज औषधि लगायत विभिन्न रसायन निर्माणमा महत्त्वपूर्ण मानिएको छ ।
पुरस्कार डिसेम्बरमा स्विडेनको राजधानी स्टकहोममा प्रदान गरिनेछ ।
