भारतको दुईदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री महामहिम डा. एस. जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको उक्त शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ ।
उनिहरुबीच द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शाहज्यू दुई दिने राजकीय भ्रमणमा आज भारत भ्रमणमा गएका हुन् ।
