शनिबार, असोज २४ गते २०८३    

शनिबार, असोज २४ गते २०८३    

सुरक्षा/अपराध

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त

शुक्रबार, असोज २३ २०८३
शुक्रबार, असोज २३ २०८३
  • गृह मन्त्रालयले सशस्त्र प्रहरीका निलम्बित एआईजी वंशीराज दाहाललाई बर्खास्त गरेको छ ।

    पूर्वप्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरासँगलाई राज्यका गोप्य सूचना चुहाएको आरोपमा दाहालाई यस अघि निलम्बन गरिएको थियो ।

    अनुसन्धान समितिले एआईजी दाहालको बयान समेत लिएर  उनलाई कारबाही सिफारिस समेत गरि तयार गरेको अनुसन्धान प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको थियो ।

    त्यसपछि गृह मन्त्रालयले आज साँझ एक विज्ञप्ति जारी गर्दै 
    सशस्त्र प्रहरीका अतिरिक्त महानिर्देशक वंशीराज दाहालले बारम्बार आचरण विपरित र अनुशासनहिन काम गरेको निष्कर्ष निकाल्दै उनलाई सशस्त्र प्रहरी सेवाबाट हटाउने गरि विभागीय कारबाही गरेको जानकारी दिएको छ ।

    "सशस्त्र प्रहरीका अतिरिक्त महानिर्देशक वंशीराज दाहालले बारम्बार आचरण विपरित र अनुशासनहिन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठामा आँच पुर्याउने कसुर गरेको भन्दै आजबाट लागू हुने गरि उनलाई सशस्त्र प्रहरी सेवाबाट हटाउने गरि विभागीय कारबाही गरेको छ," गृह मन्त्रालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार