शनिबार, असोज २४ गते २०८३    

शनिबार, असोज २४ गते २०८३    

मन्त्रीपरिषद् बैठक

२० औं एसियायी खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय

२० औं एसियायी खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय

शुक्रबार, असोज २३ २०८३
शुक्रबार, असोज २३ २०८३
  • मन्त्रिपरिषद्को बैठकले जापानको आईची–नागोयामा भएको २०औँ एशियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराँते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज बैठकले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोपी बन्डसम्बन्धी म्यान्डेड एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने समेत निर्णय गरेको हो ।

    साथै, बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरुको नाममा जग्गा दर्ता गर्नेसम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।

    त्यस्तै बैठकले नेपाल न्याय सेवा, सरकारी समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार