आइतबार, असोज १८ गते २०८३    

आइतबार, असोज १८ गते २०८३    

२० औं एसियाली खेलकुद

अफगानिस्तानविरुद्ध नेपाल ५ विकेटले विजयी

अफगानिस्तानविरुद्ध नेपाल ५ विकेटले विजयी

शुक्रबार, असोज ९ २०८३
शुक्रबार, असोज ९ २०८३
  • एसियायी खेलकुद अन्तर्गत पुरुष टी- २० क्रीकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटको जित निकालेको छ ।

    अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेको क्षतीमा पूरा गर्यो ।

    नेपाललाई जित दिलाउन सन्दिप जोराले सर्वाधिक ३४ र रोहित कुमार पौडेलले ३३ रनको योगदान दिए भने दिपेन्द्र सिंह ऎरीले १५ र कुशल मल्लले ९ रन जोडे ।

    यस अघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १०२ रनको योगफल बनएको थियो ।

    अफगानिस्तानलाई सस्तैमा रोक्न नेपालका कुशल भुर्तेलले सर्वाधिक ४ र ललित राजवंशीले ३ विकेट चट्काए ।

    अफगानिस्तानका लागि फेसल शिनोजादाले सर्वाधिक ३३ रन बनाए । नजिबुल्लाह जाद्रानले ३० तथा नङ्गेलिया खरोटेले १७ रन बनाए।

    नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ । बिहीबार भएको पहिलो खेलमा अफगानिस्तानले जापानलाई हराइसकेको थियो ।

    नेपालले अब शनिबार जापानसँग खेल्नेछ । समूहबाट शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार