आइतबार, असोज २५ गते २०८३    

आइतबार, असोज २५ गते २०८३    

अन्तर्राष्ट्रिय

नाभिले नोबेल पाए लगत्तै अमेरिकाले लगायो आईसीसीमाथि प्रतिबन्ध

नाभिले नोबेल पाए लगत्तै अमेरिकाले लगायो आईसीसीमाथि प्रतिबन्ध

शनिबार, असोज २४ २०८३
शनिबार, असोज २४ २०८३
  • अमेरिकाले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) माथी प्रतिबन्ध लगाएको छ ।

    अदालतकी पूर्वन्यायाधीश समेत रहेकी दक्षिण अफ्रिकी मानव अधिकार नाभि पेल्लेले सन् २०२६ को नोबेल शान्ति पुरस्कार पाएको केही घण्टा भित्रै अमेरिकाले आईसीसीमाथी प्रतिबन्ध लगाएको हो ।

    अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई दोषी अदालतको संज्ञा दिँदै त्यसलाई प्रतिबन्ध लगाउने बताए ।

    अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पको प्रशासनले लामो समयदेखि हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतलाई कमजोर बनाउने अभियान चलाइरहेको थियो ।

    अन्तर्राष्ट्रिय फौजदारी अदालतले भने अमेरिकाको उक्त कदमलाई अन्तर्राष्ट्रिय कानूनमाथिको आक्रमण भन्दै अमेरिकी प्रतिबन्धलाई खारेज गरिदिएको छ । नोबेल समितिले हिजो दक्षिण फ्रीकाकी ७५ वर्षीया न्यायाविद नाभी पिल्लेलाई हिजो नोबेल शान्ति पुरस्कार दिएको थियो ।

    डोनाल्ड ट्रम्पले पटक-पटक नोबेल शान्ति पुरस्कार आफुले पाउनुपर्ने दाबी गर्दै आएका छन् ।

    यस पटक पनि नोबेल पुरस्कार नपाएर आक्रोशित बनेका ट्रम्पले नाभीलाई नोभेल दिए लगत्तै आईसीसीमाथी अमेरिकाले प्रतिबन्ध घोषणा गर्नुलाई निकै चासोका साथ हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार