बुधबार, मंसिर १० गते २०८३    

बुधबार, मंसिर १० गते २०८३    

एसीसी राइजिङ स्टार्स कप

वैभव सूर्यवंशीको विष्फोटक ब्याटिङ, ५२ बलमै बनाए विश्व कीर्तिमानी दोहोरो शतक 

वैभव सूर्यवंशीको विष्फोटक ब्याटिङ, ५२ बलमै बनाए विश्व कीर्तिमानी दोहोरो शतक 

वैभवले २८ बलमै शतक पूरा गर्दै सबैभन्दा छिटो शतक र दोहोरो शतकको विश्व कीर्तिमानी कायम गरेका

मंगलबार, मंसिर ९ २०८३
मंगलबार, मंसिर ९ २०८३
  • एसीसी राइजिङ स्टार्स कप अन्तर्गत कतारमा जारी एकदीवसीय क्रिकेट प्रतियोगितामा भारतीय युवा ओपनर ब्याटर वैभव सूर्यवंशीले विष्फोटक ब्याटिङ गर्दै ५२ बलमै दोहोरो शतक प्रहार गरेका छन् । 

    यूएईले दिएको २५० रनको लक्ष्य पछ्याएको भारत ‘ए’ टिमका ओपनर ब्याटर वैभवले यस्तो विस्फोटक ब्याटिङ गरेका हुन् । पहिलो ओभरमै तीन छक्का प्रहार गरेका उनले प्रतियोगितामा २८ छक्का र ४ चौका प्रहार गरेर एक्लै २०४ रनको विष्फोटक दोहोरो शतकीय इनिङ खेले । 

    ६ रन मात्रै र्दौडीएर लिएका उनले ५३ औँ बलको सामना गर्दै २०४ रन बनाए । २९ औँ छक्का प्रहार गर्ने क्रममा वैभव आउट भएका थिए । उनको आक्रामक ब्याटिङका कारण यूएईका बलर निरिह बनेका थिए । 

    यो इनिङमा वैभवले २८ बलमै शतक पूरा गर्दै सबैभन्दा छिटो शतक र दोहोरो शतकको विश्व कीर्तिमानी कायम गरेका छन् । एउटै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान पनि वैभवले आफ्नो नाममा बनाएका छन् । 

    वैभवको फोष्फोटक ब्याटिङको मदतमा भारतले १४.२ ओभरमा यूएईले दिएको २५० रनको लक्ष्य पूरा गर्दै ७ विकेटको जित निकाल्यो । 

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार