मंगलबार, असोज २७ गते २०८३    

मंगलबार, असोज २७ गते २०८३    

नोबेल पुरस्कार 

रोबर्ट र माइकलले पाए अर्थशास्त्र तर्फको नोबेल पुरस्कार

रोबर्ट र माइकलले पाए अर्थशास्त्र तर्फको नोबेल पुरस्कार

सोमबार, असोज २६ २०८३
सोमबार, असोज २६ २०८३
  • यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल बुडफर्डलाई प्रदान गरिने भएको छ ।

    रोबर्ट र माइकलले "समष्टिगत आर्थिक स्थायित्वका लागि सुष्म आर्थिक धरातल," सम्बन्धि अर्थशास्त्रीय अनुसन्धान र समष्टिगत अर्थतन्त्रका मोडेलहरु निर्माण गरेकाले उनिहरुलाई पुरस्कृत गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ ।

    नोबेल समितिका अनुसार उनीहरूले निर्माण गरेको समष्टिगत अर्थशास्त्रीय नयाँ मोडेलहरूले स्थायित्वका नीतिहरू कार्यान्वयन गर्ने क्षमतामा सुधार ल्याएको छ।

    "यी मोडेलहरूका आधारमा वित्तीय र मौद्रिक नीतिका उपायहरूमार्फत् आर्थिक उतारचढावलाई घटाउन सकिन्छ," समितिले भनेको छ।

    हरेक वर्ष ६ वटा विधामा प्रदान गरिँदै आएको नोबेल पुरस्कार यो घोषणासँगै यस वर्ष (सन् २०२६) का सबै विधाका विजेताहरुको नाम घोषणाको टुंङ्गो लागेको छ ।

    FB_IMG_1791813565525.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार