मंगलबार, कात्तिक ४ गते २०८३    

मंगलबार, कात्तिक ४ गते २०८३    

आईसीसी विश्वकप लिग-२

ओमानलाई हराएसँगै नेपालको ओडिआई मान्यता जोगिएको हो ?

ओमानलाई हराएसँगै नेपालको ओडिआई मान्यता जोगिएको हो ?

आईसीसीले यसबारे चाँडै घोषणा गर्ने अपेक्षा गरिएको

सोमबार, कात्तिक ३ २०८३
सोमबार, कात्तिक ३ २०८३
  • आईसीसी विश्वकप लिग- २ अन्तर्गतको आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानमाथी १० रनको जित निकाल्दै शिर्ष ६ मा स्थान पक्का गरेको छ ।

    नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा २७० रन मात्रै बनाउन सक्यो ।

    ओमानका लागि जितेन्द्र सिंह र मोहम्मद मिर्जाले उत्कृष्ट अर्धशतकीय इनिङ खेलेपनी जितका लागि पर्याप्त भएन ।

    सिंहले ८९ तथा मिर्जाले ८७ रनको योगदान दिए । हसनैन शाहले ४९ तथा हसनैन उल वहाबले १५ रन जोडे भने अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन ।

    ओमानलाई रोक्न नेपालका दिपेन्द्र सिंह ऎरी र ललित राजवंशीले समान २/२ विकेट लिए भने नन्दन यादव र सन्दिप लामिछानेले समान एक-एक विकेट लिए ।

    त्यस्तै पहिला ब्याटिङ गरेको नेपालका लागि पूर्व कप्तान रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऎरी र देव खनालले अर्धशतकीय इनिङ खेले । पौडेलले सर्वाधिक ८० रनको योगदान दिँदा ऎरीले ६९ र खनालले ५७ रन बनाए ।

    इशान पाण्डेले २९ तथा बसिर अहमदले १७ रन जोडे। यो जितसँगै नेपालले महत्त्वपूर्ण २ अंक हात पारेको हो ।

    छैटौं स्थानमा उक्लिएको नेपालको अंकतालिकामा ३० अंक पुगेको छ भने ७ औं स्थानमा झरेको क्यानडाको २८ अंक छ ।

    छैटौं स्थान सुरक्षित भएसँगै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मन्यता जोगिएको ठानिएको छ ।

    लिग-२ को अंक तालिकाको शिर्ष ६ भित्र रहने टोलेको ओडिआई मान्यता रहने व्यवस्था रहेको बताइएको छ ।

    यद्यपि अन्तर्राष्ट्रिय क्रीकेट परिषद आईसीसीले यसबारे आधिकारिक धारणा भने सार्वजनिक गरिसकेको छैन ।

    क्रीकेट अधिकारिका अनुसार आईसीसीले यसबारे चाँडै घोषणा गर्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार