यस वर्षको 'आईसीसी एसिया सम्मेलन' नेपालले आयोजना गर्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) को सहकार्यमा सन् २०२६ को नोभेम्बर १९ देखि २१ सम्म आईसीसी एसिया सम्मेलन गर्ने भएको हो ।
यस सम्मेलनमा एसियाका टेस्ट खेल्ने राष्ट्रहरू र एसोसिएट सदस्य राष्ट्रहरूका प्रतिनिधिहरूका साथै अन्तर्राष्ट्रिय क्रिकेट समुदायका प्रतिनिधिहरू सहभागी हुने र उनीहरूले क्रिकेटको विकास र क्षेत्रीय सहयोग सुदृढ पार्ने विषयमा छलफल गर्नेछन् ।
यो सम्मेलन आयोजना गर्नु नेपाली क्रिकेटका लागि एक महत्त्वपूर्ण कोसेढुङ्गा भएको भन्दै क्यानले यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थिति अझ बलियो बनाउनुका साथै खेलकुद पर्यटनलाई प्रवर्द्धन गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको जनाएको छ ।
क्यानका अनुसार सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूले 'सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग' को 'इलिमिनेटर' र 'फाइनल' खेल पनि प्रत्यक्ष हेर्न पाउनेछन्।
