बुधबार, असोज २८ गते २०८३    

बुधबार, असोज २८ गते २०८३    

आईसीसी विश्वकप लिग-२

आईसीसी विश्वकप लिग- २, नेपालको लगातार दोस्रो जित

आईसीसी विश्वकप लिग- २, नेपालको लगातार दोस्रो जित

मंगलबार, असोज २७ २०८३
मंगलबार, असोज २७ २०८३
  • आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

    ओमानमा आज भएको खेलमा घरेलु टोलीमाथी नेपालले ११३ रनको फराकिलो जित दर्ता गरेको हो ।

    नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रन जोड्दै अल आउट भयो ।

    ओमानका लागि कप्तान विनयक शुक्लाले सर्वाधिक ७७ रनको योगदान दिए भने जे ओदेन्द्राले २५ तथा ओपनर जितेन्द्र सिंहले १८ रन जोडे ।

    ओमानलाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दिप लामिछाने र नन्दन यादवले समान ३-३ विकेट लिए । त्यस्तै दिपेन्द्र सिंह ऎरीले २, करण केसीले र ललित राजवंशीले समान १-१ विकेट लिए ।

    यस अघि नेपालले निर्धारित ५० ओभरमा २६३ रनको योगफल तयार गरेको थियो ।

    नेपालका रोहित कुमार पौडेलले ६१ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले करण केसीले बिस्फोटक ब्याटिङ गर्दै १६ बलमा ४ छ्क्का र एक चौकाको मदतमा ४० रनको योगदान दिए ।

    ओपनर अर्जुन कुमालले ४० तथा दिपेन्द्र सिंह ऎरी र इशान पाण्डेले समान ३७/३७ रन जोडे ।

    यस अघि नेपालले क्यानलाई पराजित गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार