बुधबार, असोज २८ गते २०८३    

बुधबार, असोज २८ गते २०८३    

खगेन्द्र सुनार अडियो प्रकरण

खगेन्द्र सुनार प्रकरण, पीडित भनिएकी महिलाले भनिन: अडियोमा भएको आवाज मेरो होइन

खगेन्द्र सुनार प्रकरण, पीडित भनिएकी महिलाले भनिन: अडियोमा भएको आवाज मेरो होइन

मंगलबार, असोज २७ २०८३
मंगलबार, असोज २७ २०८३
  • रास्वपा सांसद खगेन्द्र सुनारले एक महिलामाथि अ*श्ली*ल गाली गरेको र आर्थिक लेनदेनबारे ध*म्की दिएको भनेर सार्वजनिक भएको अडियोबारे पीडित भनिएकी महिलाले त्यो आवाज आफ्नो नभएको बताएकी छन् ।

    एक सञ्चारकर्मीलाई अडियोबारे प्रतिक्रिया दिँदै पीडित भनिएकी ती महिलाले अडियोको आवाज आफ्नो नभएको र आफू पीडित भएको भए न्यायालय र अड्डा अदाल जाने बारे जानकारी भएको र मिडिया धाउँदै नहिड्ने बताएकी छन् ।

    उनले खगेन्द्र सुनारको बचाउ गर्दै सडकमा आन्दोलन गरेर, दलितको बारेमा आवाज उठाएको र सांसद भएको मान्छेविरुद्द आफू नलाग्ने स्पष्ट पारेकी छन् ।

    "म सामाजिक सेवामा हिडेको महिला र त्यत्रो माननीय जस्तो पदमा बसेको मान्छेको बारेमा बोल्दा खेरी त सोच्नु पर्ने हो, होइन र । कसैले आरोप लगाउने बित्तिकै दोषी करार गरेर क*ठ#घ@रा!मा उभ्याउने त होइन होला नि । म हो भन्ने कहाँ प्रुफ छ । मलाई न्याय चाहिए म आफै जान्छु नि त प्रुफ भयो भने जे गर्ने म गरौंला नि त । अरुले टाउको दुखाउनुपर्ने, मेरो नाम किन मेन्सन गर्नु पर्यो । उता माननीय ज्यूलाई, यता मलाई बदनाम गर्ने त्यो गर्न केही जरुरी छ भन्सियो त," उनले भनिन ।

    सांसद सुनारको विवाद परेकी महिला बागमती प्रदेशको पूर्वस्वास्थ राज्यमन्त्री समेत रहेको भन्दै हिजो अडियो सार्वजनिक भएको थियो । 

    सामाजिक सञ्जालमा सुनारको अडियोलाई लिएर चौतर्फी आलोचना हुन थालेपछि रास्वपाले आज पार्टीको अनुशासन समितिलाई सुनारको अडियो बारे छानबिन गर्न भन्दै उनलाई सांसदको हैसियतमा सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    सम्बन्धित समाचार